पनौतीमा बाढी प्रभावितलाई सम्पत्ति कर छुट

पनौतीमा बाढी प्रभावितलाई सम्पत्ति कर छुट

बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • पनौतीमा बाढी प्रभावितलाई सम्पत्ति कर छुट

    काठमाडौं । काभ्रेको पनौती नगरपालिकाले बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकको सम्पत्ति करमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ । नगरको १६औँ नगरसभाले निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो ।

    चालु आर्थिक वर्ष २०८१/८२ का लागि केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरिएको नगर प्रमुख रामशरण भण्डारीले बताए ।

    चालु आर्थिक वर्षमा तिर्नुपर्ने अन्य कर राजस्व भुक्तान गरेका बाढी पहिरो पीडितलाई यो सुविधा दिइने भएको हो ।

    गएको असोज दोस्रो हप्ताको बाढी पहिरोले पनौतीमा एक विदेशी नागरिकसहित २० जनाको ज्यान गएको थियो भने एक जना अझै बेपत्ता छन् ।

    नगरको विवरणअनुसार बाढीपहिरोले पाँच सय ८६ घर पूर्णरूपमा क्षति भएको छ भने नौ सय ४४ वटा घर उच्च जोखिममा रहेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij