काठमाडौं । नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । काठमाडौंको कालिमाटीस्थित निवासमा विहीबार बिहान निधन भएको हो ।
शाह २०४४ मा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन् । २०४५ मा नेपालमाथि भारतले नाकाबन्दी गरेका बेला उनी भारतका लागि नेपाली राजदूत थिइन् ।
नयाँदिल्लीमा राजदूत छँदै परराष्ट्र मन्त्रालयको सहसचिव पदबाट अतिरिक्त सचिवमा उनी बढुवा भइसकेकी थिइन् ।
सन् १९७१ मा बंगलादेशको निर्माण भएपछि बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूत पनि शाह नै बनेकी थिइन् ।
तत्कालीन सरकारले निजामती सेवाको उमेर हद ३० वर्ष कायम गरेपछि उनले परराष्ट्र सेवाबाट अवकास प्राप्त गरेकी थिइन् ।
उनी बैंकर अनिल केशरी शाहकी आमा हुन् ।