नेपाल प्रहरीका ५ जना एसएसपीको सरुवा, ललितपुर प्रमुखमा अधिकारी

नेपाल प्रहरीका ५ जना एसएसपीको सरुवा, ललितपुर प्रमुखमा अधिकारी

बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • नेपाल प्रहरीका ५ जना एसएसपीको सरुवा, ललितपुर प्रमुखमा अधिकारी

    काठमाडौं । नेपाल प्रहरीका ५ वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा भएको छ । मंगलबार साँझ बसेकाे गृहमन्त्रीस्तरीय बैठकले ५ एसएसपीहरुको सरुवा गरेको हो । 

    सरुवा सूचीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरीमा कार्यरत एसएसपी श्यामकृष्ण अधिकारी जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा सरुवा भएका छन् । परिसर ललितपुरमा कार्यरत एसएसपी शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा सरुवा गरिएको छ ।

    रानिपोखरीका एसएसपी विनोद घिमिरेलाई भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सरुवा गरिएको छ ।

    राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा सरुवा गरिएको छ ।

    अपराध अनुसन्धान विभागका कार्यरत रहेका एसएसपी भुपेन्द्र खत्रीलाई भरतपुर शिक्षालयमा सरुवा गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij