एआईजी टेक तामाङ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा

एआईजी टेक तामाङ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा

बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • एआईजी टेक तामाङ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा

    काठमाडौं । मन्त्रिपरिषद्ले अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हाे ।

    उनी प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभाग (सीआईडी) प्रमुख थिए । यसअघि उपत्यकाको सुरक्षा कमाण्ड सम्हालेकी एआईजी किरण बज्राचार्य भने सेवानिवृत भएकी छन् । 

    काठमाडौं उपत्यकाको ३ जिल्लाको सुरक्षा कमाण्ड हेर्नुपर्ने भएका कारण उपत्यका प्रहरी कार्यालयको जिम्मेवारीलाई महत्वका साथ हेर्ने गरिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij