प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

    काठमाडौं । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उनलाई सचिवमा नियुक्त गरेका हुन् ।

    सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए ।

    झापाको शिवसताक्षी गाउँपालिका वडा नम्बर २ का राईलाई आइतबार प्रतिनिधि सभा सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।

    राई अहिले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार छन् । सचिवमा नियुक्त भएको ५ महिनामा नै सुरेश अधिकारीले राजीनामा दिएपछि २ महिनादेखि प्रतिनिधिसभा सचिव पद रिक्त थियो ।

    राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij