पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा नष्ट

पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा नष्ट

मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा नष्ट

    काठमाडौं । प्रहरीले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा मुलुकका विभिन्न क्षेत्रमा लगाइएको ५ हजार ८ सय १५ रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट गरेको छ । 

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २ हजार ९ सय ३७ रोपनी क्षेत्रफलमा गाँजाखेती नष्ट गरिएको छ । कोशी प्रदेशमा १ हजार ८ सय १४ रोपनीमा, काठमाडौँ उपत्यकामा १ सय २०, गण्डकी प्रदेशमा ३ सय ४५, लुम्बिनी प्रदेशमा १ सय ६९ रोपनी क्षेत्रफलमा गाँजाखेती नष्ट गरिएको छ ।

    त्यसैगरी, मधेश प्रदेशमा २ सय ५३, कर्णाली प्रदेशमा पाँच रोपनी र सुदूरपश्चिम प्रदेशमा १ सय ७२ रोपनीमा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij