परीक्षा बिग्रिएपछि तीन छात्राद्वारा विष सेवन, एक जनाको मृत्यु

परीक्षा बिग्रिएपछि तीन छात्राद्वारा विष सेवन, एक जनाको मृत्यु

मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • परीक्षा बिग्रिएपछि तीन छात्राद्वारा विष सेवन, एक जनाको मृत्यु

    काठमाडौं । बर्दिवास ११ स्थित निर्मलामा बहु प्राविधिक शिक्षालयका एक साथ विष सेवन गरेका तीन जना छात्रामध्ये एक छात्राको मृत्यु भएको छ । प्रहरीका अनुसार विष सेवनबाट सिरहा धनगढी नगरपालिका १० घर भएकी १७ वर्षीया छात्रा रिङ्कु शर्माको मृत्यु भएको हो । 

    शर्मालाई मङ्गलबार बिहान बर्दिवासस्थित इलाका प्रहरीले पौने १२ बजेतिर बर्दिवास ४ स्थित जङ्गली क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरी बर्दिवास अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याउनु अघि नै उनको मृत्यु भइसकेको अस्पतालले जनाएकाे छ ।

    रिङकु साथै विष सेवन गरेका उषा पण्डित र सन्जु यादवको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । दुवै छात्राको अवस्था मध्यम रहेको अस्पतालले जनाएकाे छ ।

    विष सेवन गरेका तीनै जना जियोमेट्री (अमिन) विषयको प्रथम वर्षका छात्रा हुन् ।

    विष सेवन गर्नुपर्ने एकिन कारण खुल्न सकेको छैन । तर एकजना छात्राको टेस्ट परीक्षा बिग्रेको पीडामा विष सेवन गरेको प्रारम्भिक सोधपुछमा खुलेको छ ।

    शिक्षालयले केही दिनअघि लिएको टेस्टमा मृतक रिङ्कुको फिजिक्सको पेपर बिग्रिएका कारण विष सेवन गरेको अस्पतालमा भर्ना भएकी सन्जुले बताइन् ।

    सोमबार बिदाको दिन भएकाले तीनैजना छात्रा गाईड किन्न बर्दिवास बजार गएका थिए । गाइड किनेपछि रिङ्कुले लुकेर विष पनि किनेको अस्पतालमा उपचार गराइरहेका उषा र सन्जुले बताए ।

    बर्दिवासबाट खयरमारा फर्कने क्रममा जङ्गली क्षेत्रमा पुगेर रिङ्कुले पहिले आधा सिसि विष सेवन गरेकी थिइन् । रिङ्कुको करकापमा परेर आफुहरुले पनि एक एक बिर्को सेवन गरेपछि त्यसपछि के भयो थाहा नभएको दुवै छात्राले बताए ।

    रिङ्कुले विष सेवन गरेपछि ‘म त मरि हाल्छु साथै नमरे तिमीहरुलाई प्रहरीले पक्राउ गरी जेल हाल्छ’ भनेपछि डराएर बाध्य भएर एक एक बिर्को विष सेवन गरेको सन्जुले बताइन् । 

    बर्दिवास प्रहरीका डिएसपी रेवती रमण पोखरेलले घटनाबारे थप विवरण सङ्कलन र छानबिन भइरहेको बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij