काठमाडौं । सरकारले २३ जना सार्वजनिक खाद्य विश्लेषक तोकेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सोमबार राजपत्रमा नाम प्रकाशित गर्दै २३ जनालाई खाद्य विश्लेषमा सूचीकृत गरेको हो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३९ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र अन्तर्गतका कार्यालयमा कार्यरत रहेका वरिष्ठ खाद्य अनुसन्धान अधिकृतलाई सार्वजनिक खाद्य विश्लेषक तोकिएको सूचनामा जनाइएको छ ।
