विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख भन्दा धेरै

विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख भन्दा धेरै

मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख भन्दा धेरै

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर) का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघेको छ ।

    जर्मनीमा युएनएचसिआरका राष्ट्रिय निर्देशक पिटर रुहेनस्ट्रोथ–बाउरले शरणार्थीको तथ्याङ्कहरूलाई चिन्ताजनक रूपमा वर्णन गरे । युएनएचसीआरको जर्मन साझेदारको वार्षिक प्रतिवेदनले सन् २०२३ मा विश्वव्यापी शरणार्थी जनसङ्ख्या ११ करोड ७४ लाख अनुमान गरिएको देखाएको छ । यो वृद्धि मुख्यतया सुडानमा गृहयुद्धको कारण हो ।

    अप्रिल सन् २०२३ मा हिंसा बढेपछि एक करोड १८ लाख भन्दा बढी मानिस सुडानबाट भाग्न बाध्य भएको बयानमा उल्लेख छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो तथा म्यानमारको अवस्थाले शरणार्थी सङ्ख्यामा बृद्धिमा योगदान पुर्‍याएको छ ।

    गाजा र लेबनानमा द्वन्द्वको परिणामस्वरूप १७ लाख भन्दा बढी मानिसहरूलाई जबरजस्ती विस्थापित भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij