वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरिरहेकालाई सरकारले पुरस्कार दिने, आवेदन आह्वान

वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरिरहेकालाई सरकारले पुरस्कार दिने, आवेदन आह्वान

मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरिरहेकालाई सरकारले पुरस्कार दिने, आवेदन आह्वान

     काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार दिने भएको छ ।

    मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान र पुरस्कारका लागि सूचना सार्वजनिक गर्दै आवेदन आह्वान गरेको छ ।

    उनीहरूको योगदानको कदर र प्रोत्साहनका लागि ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यविधि,२०७६’अनुसार पुरस्कृत गर्न लागिएकाले २१ दिनभित्र आवेदन दिन मन्त्रालयले मंगलबार प्रकाशित गरेको सूचनामा उल्लेख छ । 
     
    कार्य भिसामा विदेश गई कम्तीमा १ वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट नेपाल फर्की व्यवसाय गरेको एक वर्ष पूरा भएको र विगत ५ वर्षभित्र यस प्रकारको पुरस्कार प्राप्त नगरेकाहरू पुरस्कारका लागि योग्य हुनेछन् । 

    तर, विगत वर्षहरुमा यस प्रकारको पुरस्कारका लागि आवेदन पेस गरेको तर पुरस्कारका लागि छनौटमा नपरेका उद्यमीले भने आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij