खुर्सानीको बोराभित्र लुकाएर ल्याएको लागूऔषधसहित एक जना पक्राउ

खुर्सानीको बोराभित्र लुकाएर ल्याएको लागूऔषधसहित एक जना पक्राउ

मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • खुर्सानीको बोराभित्र लुकाएर ल्याएको लागूऔषधसहित एक जना पक्राउ

    काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

    सशस्त्र प्रहरीको टोलीले विभिन्न किसिमका लागूऔषधसहित बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने ३६ वर्षीय मिश्री रामलाई नियन्त्रणमा लिएको हो ।

    भारतबाट पैदल आउँदै गरेका उनले ल्याएको हरियो खुर्साको बोराभित्र लुकाएको डाइजेपाम ४९० एम्पुल, बुप्रेनोर्फिन ४९९ एम्पुल, नोफिन २९७ एम्पुल र प्रोमाथाजिन हाइड्रोक्लोराई इन्जेक्सन ४९७ एम्पुल बरामद भएको  छ।

    नियन्त्रणमा लिएका उनलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि पठाइएको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij