ललितपुरमा माइक्रोले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

ललितपुरमा माइक्रोले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • ललितपुरमा माइक्रोले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

    काठमाडौं । ललितपुरमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सोमबार साँझ ललितपुर महानगरपालिका-१८ मगरगाउँस्थित सडकमा बा २ ख ३१०२ नम्बरको माइक्रोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका-७ घर भई मगरगाउँ बस्दै आएकी ३५ वर्षीया गोमा मगर हुन् । ठक्करबाट गम्भीर घाइते भएकी उनलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।

    माइक्रोले रोकी राखेको बा ७ च ५९८७ नम्बरको बोलेरो गाडी र पैदलयात्रीलाई ठक्कर दिएर दुर्घटना भएको थियो । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij