मोरङको जंगलमा एक जना वृद्धाको शव फेला

मोरङको जंगलमा एक जना वृद्धाको शव फेला

मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • मोरङको जंगलमा एक जना वृद्धाको शव फेला

    काठमाडौं । मोरङको सुन्दरहरैंचा वडा नम्बर–५ की एक वृद्धाको शव जंगलमा फेला परेको छ । मृत फेला पर्नेमा सुन्दरहरैंचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बु रहेकी छिन् ।

    चन्द्रकला सोमबार साँझ घाँसदाउरा लिन जंगल गएकी थिइन् । बेलुकासम्म पनि घर नफर्किएपछि खोज्न गएका स्थानीयले मंगलबार बिहान ६ बजेतिर चन्द्रकलालाई मृत फेला पारेका थिए ।

    स्थानीयले उनलाई जंगली हात्तीले आक्रमण गरेर मारेको हुनसक्ने अनुमान गरेका छन् । यद्यपि प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

    यसअघि पुस ५ गते सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ की ४० वर्षीया गंगामाया मगर (श्रेष्ठ)को जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij