काठमाडौं । आज बिहान बैतडीमा भुकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ७ बजेर ५४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको सिगास गाउँपालिकाको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो।
भुकम्पको धक्का जिल्लाका अन्य क्षेत्रका अलवा छिमेकी जिल्लामा समेत महशुस गरिएको जनाइएको छ । यसअघि जाजरकोट केन्द्रविन्दु बनाएर गत बिहीबार ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो।