समस्याग्रस्त शेयर मार्केट्सको व्यवस्थापन सदस्यका लागि सर्टलिस्टमा परे ४ जना

समस्याग्रस्त शेयर मार्केट्सको व्यवस्थापन सदस्यका लागि सर्टलिस्टमा परे ४ जना

सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • समस्याग्रस्त शेयर मार्केट्सको व्यवस्थापन सदस्यका लागि सर्टलिस्टमा परे ४ जना

    काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन सदस्य पदका लागि ४ जनाको आवेदन परेको छ । रितपूर्वक दरखास्त फाराम पेश गरेका उम्मेदवारहरूमध्ये ४ जना सर्टलिस्टमा परेका हुन् ।

    सर्टलिस्टमा पर्नेहरूमा प्रकाश घिमिरे, कुमार तिवारी, रामप्रताप यादव र राजेन्द्र तिमिल्सिना रहेका छन् । उनीहरूलाई यही पुस २१, २२, २३ र २४ गते व्यावसायिक कार्य योजना प्रस्तुत गर्न बोलाइएको छ ।

    नेपाल राष्ट्र बैंकले उक्त कम्पनीको सदस्य पदका लागि दरखास्त आह्वान गरेको थियो । तोकिएको मिति र समयमा उपस्थित नहुने उम्मेदवारका लागि पछि कुनै पनि व्यवस्था नहुने समेत छनौट समितिले जनाएको छ 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij