सौराहाको हात्ती महोत्सवमा जंगली हात्तीको प्रवेश, पुरस्कार वितरण स्थगित

सौराहाको हात्ती महोत्सवमा जंगली हात्तीको प्रवेश, पुरस्कार वितरण स्थगित

सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • सौराहाको हात्ती महोत्सवमा जंगली हात्तीको प्रवेश, पुरस्कार वितरण स्थगित

    काठमाडौं । चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेको छ । बाघमारा सामुदायिक वनको चौरमा रहेको हात्ती महोत्सव समापन समारोह चलिरहँदा कार्यक्रम स्थलमा प्रवेश गरेको हो ।

    कार्यक्रम स्थलबाट धपाउने प्रयास भइरहेको छ । तर, मकुना फर्कीफर्की आइरहेको छ । सुरक्षाका लागि नेपाली सेना पनि कार्यक्रमस्थलमै खटिएको जनाइएको छ । 

    कार्यक्रममा हात्ती प्रवेश गरेसँगै महोत्सवका पुरस्कार वितरणलगायतका कार्यक्रमहरू स्थगित गरिएका छन् ।

    जंगली हात्ती आएर कुनै भागदौड नभएको र मानिस जंगली जनावरसँग मिलेर बस्‍नुपर्ने सन्देश दिएको जनाइएको छ ।  

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij