ओमोडाको ब्रान्ड एम्बेस्डरमा दीपेन्द्रसिंह ऐरी नियुक्त

ओमोडाको ब्रान्ड एम्बेस्डरमा दीपेन्द्रसिंह ऐरी नियुक्त

सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • ओमोडाको ब्रान्ड एम्बेस्डरमा दीपेन्द्रसिंह ऐरी नियुक्त

    काठमाडौं ।  एसपिजि अटोमोबाइल्सले क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बासडर घोषणा गरेको छ । सोमबार एक कार्यक्रम गरी ऐरीसँग एमओयु हस्ताक्षर भएको हो।

    नेपाल प्रिमियर लिगको उत्कृष्ट नेपाली खेलाडी घोषित सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रलाई सोही अवसरमा पुरस्कार बापत कार पनि हस्तान्तरण गरिएको थियो । शारडा ग्रुपका निर्देशकहरूलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रमसँगै दीपेन्द्र सिंह ऐरी आधिकारिक रूपमा ब्रान्ड एम्बासडर नियुक्त भएका हुन् ।

    एमबासडर नियुक्त भएपछि दिपेन्द्रले एनपीएल सफलतापूर्वक सम्पन्न भएको बताउँदै आफूलाई उत्कृष्ट खेलाडी घोषित गरिएकोमा क्यान र ओमोडालाई धन्यवाद पनि दिए ।

    ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह–प्रायोजकको रूपमा रहेको थियो। एनपीएल सुरू हुनुभन्दा अगाडि ओमोडाले नेपाली उत्कृष्ट खेलाडीलाई कार पुरस्कार दिने घोषणा गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij