काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका ७ बयलबास बबरगंजस्थित सडकमा बीआर ३० एफ ८८५६ नम्बरको मोटरसाइकल र ना ३९ प ७१६८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घटनामा ना ३९ प ७१६८ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका १० बस्ने ५० वर्षीय राजेश चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिद्धिबिनायक अस्पताल बयलबास हुँदै प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको लागि लगिएको थियो ।
मलंगवामा उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका बीआर ३० एफ ८८५६ नम्बरको मोटरसाइकल चालकको सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भइरहेको छ ।