मरेको कुखुराको मासु खाएपछि एकजनाको मृत्यु, ३ जना बिरामी

मरेको कुखुराको मासु खाएपछि एकजनाको मृत्यु, ३ जना बिरामी

सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • मरेको कुखुराको मासु खाएपछि एकजनाको मृत्यु, ३ जना बिरामी

    अछाम । मरेको कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ । तीन जना बिरामी परेका छन् । 

    कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए । बयलास्थित तुलासिहं विकको घरमा ल्याएको ब्वायलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो ।

    मासु खाँदा विकको घरमा थप तीनजना बिरामी भएका छन् । बिरामीको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको छ । 

    के कती कारणले मृत्यु भएको तथा बिरामी भएको भन्नेबारे शव परीक्षणपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij