एआईजी किरण बज्राचार्य अवकाशमा जाँदै, रिक्त एआईजीको संख्या २ पुग्यो

एआईजी किरण बज्राचार्य अवकाशमा जाँदै, रिक्त एआईजीको संख्या २ पुग्यो

सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • एआईजी किरण बज्राचार्य अवकाशमा जाँदै, रिक्त एआईजीको संख्या २ पुग्यो

    काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य सोमबार राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएकी छिन् । प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेर हदका कारण उनी आज रातिबाट अनिवार्य अवकाशमा जाने भएका हुन् ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत बज्राचार्य अवकाशमा जाने भएसँगै नेपाल प्रहरीमा रिक्त एआईजीको संख्या २ पुगेको छ ।

    यसअघि ११ पुसमा अर्का एआईजी भरतबहादुर बोहरा अनिवार्य अवकाशमा गएका थिए । बोहरा ४ पुसमात्रै एआईजीमा बढुवा भएका थिए ।  एआईजी बढुवाका लागि डीआईजी कुवेर कडायत, चन्द्रकुवेर खापुङ, रवीन्द्र केसी, जनक भट्टराई बढुवाको दाबेदार छन् ।

    बढुवा दाबेदारहरु मध्ये कडायत, केसी, भट्टराई आउँदो ५ चैतमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् । खापुङ भने २०८२ कात्तिक अवकाश हुनेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij