काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका घर भएका २९ वर्षीय ओम प्रकाश चौधरी रहेका छन् ।
उनले ३ जना पीडितबाट १६ लाख ९२ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। उनलाई कानुनी कारवाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।