उपकुलपतिहरूलाई लक्ष्यअनुसार काम गर्न शिक्षामन्त्रीको निर्देशन

उपकुलपतिहरूलाई लक्ष्यअनुसार काम गर्न शिक्षामन्त्रीको निर्देशन

सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • उपकुलपतिहरूलाई लक्ष्यअनुसार काम गर्न शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नवनियुक्त उपकुलपति (भिसी)हरूलाई आफूले प्रस्तुत गरेको भिजन मिसन र लक्ष्यलाई प्रमुख प्राथमिकता दिएर आफ्नो कार्यकाल पूरा गर्न निर्देशन दिएकी छन् । आज(सोमबार) सामाजिक सञ्जालबाट शुभकामना दिँदै उनले यस्तो निर्देशन दिएकी हुन् ।  

    उनले पोखरा विश्वविद्यालय, कृषि वन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिको खुल्ला छनोट प्रक्रिया पूरा गरी शपथ लिएर उपकुलपतिहरूले पदभारसमेत ग्रहण गरिसकेको जानकारी दिइन् ।

    ‘पदभार सम्हाल्नुभएका विश्वविद्यालयका उपकुलपतिहरू र विश्वविद्यालयहरूलाई हार्दिक बधाई, उपकुलपतिहरूले आफूले प्रस्तुत गर्नुभएको भिजन मिसन र लक्ष्यलाई प्रमुख प्राथमिकता दिएर आफ्नो कार्यकाल पूरा गर्न सक्षम हुनुहुनेछ भन्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछु,’उनले उल्लेख गरिन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij