काठमाडौंको भृकुटीमण्डपमा आज च्याउ मेला, च्याउका परिकार चाख्न पाइने

काठमाडौंको भृकुटीमण्डपमा आज च्याउ मेला, च्याउका परिकार चाख्न पाइने

सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • काठमाडौंको भृकुटीमण्डपमा आज च्याउ मेला, च्याउका परिकार चाख्न पाइने

    काठमाडौं । राष्ट्रिय च्याउ दिवसको अवसरमा आज काठमाडौंको भृकुटीमण्डपमा च्याउ मेला हुँदैछ । मेला बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म हुने आयोजक च्याउ उत्पादक किसान सङ्घले जनाएको छ ।

    मेलामा च्याउका परिकारसँगै गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनी पनि गरिनेछ । मेलामा प्रवेश निःशुल्क रहेको र च्याउका परिकार पनि निःशुल्क चाख्न पाइने आयोजकले जनाएको छ ।

    नेपालमा अहिले करिब ३५ हजार किसान च्याउखेतीमा आबद्ध रहेका सङ्घले जानकारी दिएको छ । सङ्घका अनुसार ७० जिल्लामा च्याउखेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन हुने गरेको छ ।

    च्याउ उत्पादक किसान सङ्घ नेपालले यसअघि २०७६ पुस ९ गतेदेखि पुस २० गतेसम्म मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’सञ्चालन गरेको थियो ।

    पुस महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा यसै महिनाको कुनै एक दिनलाई च्याउ दिवसका रूपमा घोषणा गराउन सङ्घ र च्याउ उत्पादक किसानले दबाब दिँदै आएका छन् ।

    वि.सं.२०७६ पुस १५ गते बाग्मती प्रदेशको राजधानी हेटौँडामा सञ्चालन भएको मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’यसैका लागि भएको सङ्घले जनाएको छ ।

    सङ्घका अनुसार यही दिन च्याउ सङ्घ र किसानको अनुरोधलाई स्वीकार गर्दै बाग्मती प्रदेश सरकारले प्रदेशस्तरमा च्याउ दिवसको विधिवत घोषणा गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij