टाखेलमा जेसीबीको ठक्करबाट एक पैदालयात्रीको मृत्यु

टाखेलमा जेसीबीको ठक्करबाट एक पैदालयात्रीको मृत्यु

सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • टाखेलमा जेसीबीको ठक्करबाट एक पैदालयात्रीको मृत्यु

    काठमाडौं । ललितपुरमा जेसीबीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका १० टाखेलस्थित सडकमा ना १ क ५९१३ नम्बरको जेसिवीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका १० मुलडोल बस्ने ५६ वर्षीय मंगल तामाङको मृत्यु भएको हो । 

    शनिबार दिउँसो जेसीबीको ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  

    जेसीबी चालकलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij