दुर्घटनामा एकजनाको मृत्यु

दुर्घटनामा एकजनाको मृत्यु

आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • दुर्घटनामा एकजनाको मृत्यु

    मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चाक्ले बगरस्थित भित्री सडकमा आज जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २९४६ नं को जिपको ‘ब्रेक फेल’ भई सडकबाट झण्डै चार मिटर तल खस्दा कैलाश गाउँपालिका–३ का ५६ वर्षीय सन्तबहादुर गोम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका गोम्बाको उपचारका क्रममा मनहरी अस्पतालमा मृत्यु भएको हो । उक्त जिपमा ८ जना सवार थिए । अन्य यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ । जिप चालक फरार रहेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij