मनहरीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

मनहरीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • मनहरीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

    हेटौंडा । पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छ्न् ।

    राक्सिराङ्ग गाउँपालिका वडा नम्बर–५ चाक्ले बगर स्थित भित्रि सडकखण्डमा मनहरीबाट कैलाश गाउँपालिका तर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ च २९४६ नम्बरको बोलेरो पिकअप गाडीको ब्रेक फेल भई सडकबाट ४ मिटर तल खस्दा दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।

    घटनामा गम्भीर घाइते भएका कैलाश–३ का ५६ वर्षीय शान्तबहादुर गोम्बाको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij