काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेल साथै पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
घुस तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा बस्नेतसँग २२ करोडभन्दा बढी बिगो दाबी गरिएको छ ।
बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित हुन् । उनी नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति समेत छन् ।