काठमाडौंमा एक किशोरीमाथि सामुहिक बलात्कार, दुईजना पक्राउ

काठमाडौंमा एक किशोरीमाथि सामुहिक बलात्कार, दुईजना पक्राउ

आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौंमा एक किशोरीमाथि सामुहिक बलात्कार, दुईजना पक्राउ

    काठमाडौं । काठमाडौंको सेतोपुलमा सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भएर काठमाडौं महानगरपालिका–३० स्थित सेतोपुलमा बस्ने सम्राट् बस्नेत र सरोज महतरा छन् ।

    पुस ९ मा आरोपीहरूले घुम्न जाने भनेर किशोरीलाई ललाई फकाई डेरामा लगेर बलात्कार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । उनीहरु शनिवार दिउँसो पक्राउ परेका हुन् ।

    घटनाबारे पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएकी छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij