हिउँदमा भित्रिएको दोस्रो पश्चिम न्यून चापीय प्रणाली निष्क्रिय, वर्षा र हिमपातकाे सम्भावना टर्याे

हिउँदमा भित्रिएको दोस्रो पश्चिम न्यून चापीय प्रणाली निष्क्रिय, वर्षा र हिमपातकाे सम्भावना टर्याे

आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • हिउँदमा भित्रिएको दोस्रो पश्चिम न्यून चापीय प्रणाली निष्क्रिय, वर्षा र हिमपातकाे सम्भावना टर्याे

    काठमाडौं । यस वर्षको हिउँदमा भित्रिएको दोस्रो पीश्चम न्युनचापीय प्रणाली निष्क्रिय भएको छ । अस्ति शुक्रवार राति पश्चिम नेपालबाट भित्रिएको प्रणाली आज बिहानदेखि निष्कृय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार अब तत्काल केही पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली र छिटपुट वर्षाबाहेक तत्काल पानी पर्ने वा हिमपात हुने सम्भावना छैन ।

    शुक्रवार भित्रिएको प्रणालीले पनि अनुमानभन्दा कमै वर्ष तथा हिमपात भएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा राम्रै वर्षा भए पनि गण्डकी लगायतका प्रदेशमा छिटपुट बाहेक वर्षा भएन । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने राम्रो वर्षा र हिमपात भएको छ ।

    यसैबीच भोलि बिहान पहाडी र हिमाली क्षेत्रमा चिसो थप बढ्ने सक्ने महाशाखाले जनाएकाे छ । यसअघि राती बादल लागेकोमा आज राति मौसम खुल्ने र यसले गर्दा न्यूनतम तापक्रम घटेर भोलि बिहान चिसो बढ्ने सम्भावना धेरै रहेको जनाइएकाे छ । बदली र वर्षाले वायु प्रदूषण कम गराएकोले पनि भोलि बिहान चिसो बढ्ने सम्भावना रहन्छ । तर अधिकतम तापक्रम भने बढ्ने सम्भावना रहेको महाशाखाले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij