काठमाडौं । विश्वप्रसिद्ध सञ्चार संस्था सीएनएनले नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठलाई बर्ष २०२४ को सफल खेलाडीको सुचीमा राखेको छ । सन् २०२४ मा विश्वभरीमा उल्लेखनीय सफलता हासिल गरेका खेलाडीहरूलाई समेटिएको सूचीमा पूर्णिमा पनि परेकी हुन् ।
सीएनएनले पूर्णिामले दुई हप्तामा तीनपटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाउँदै इतिहास रचेको उल्लेख गरेको छ । सीएनएनले यो उपलब्धि केवल १३ दिनमा हासिल गरेको भन्दै फोटो पत्रकार समेत रहेकी श्रेष्ठलाई सूचीमा राखेको छ ।
पूर्णिमाले सन् २०२१ मा सातौं अग्लो हिमाल, माउन्ट धौलागिरी, आरोहण गर्ने पहिलो नेपाली महिला बन्ने कीर्तिमान पनि राखेकी छिन्।