काठमाडौं । सर्वोच्च अदालतमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित हुने भएको छ । पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा मुद्दाहरुको सुनुवाइ स्थगित भएको हो ।
सर्वोच्च अदालत बाहेक अरु उच्च र जिल्ला अदालत अनि न्यायाधीकरणमा भने मुद्दाको सुनुवाइ प्रभावित हुनेछैन ।
आइतबार बिहान पशुपति क्षेत्र परिसरको विद्युतीय शवदाहगृहमा वस्तीको अन्त्येष्टी भएको छ ।