प्रहरीका भान्सेको हत्या प्रकरण : अनुसन्धान विभागका इन्स्पेक्टरसहित तीन जना पक्राउ

प्रहरीका भान्सेको हत्या प्रकरण : अनुसन्धान विभागका इन्स्पेक्टरसहित तीन जना पक्राउ

आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • प्रहरीका भान्सेको हत्या प्रकरण : अनुसन्धान विभागका इन्स्पेक्टरसहित तीन जना पक्राउ

    काठमाडौं । बाराका प्रहरी भान्से राजकुमार रुम्बाको हत्याका घटनामा अनुसन्धान ‘न्यारो डाउन’ तर्फ गएको प्रहरीले दाबी छ । प्रहरीको भान्से रुम्बालाई गोली प्रहार गरी हत्या गरिएको घटनामा तीन जना पक्राउ परेसँगै प्रहरी अनुसन्धान साँघुरिँदै गएको हो । 

    प्रहरीको विशेष टोलीले तीनै जनासँग गरेको सोधपुछ र बयान तथा घटनासँग सम्बन्धित सबुत प्रमाण फेला परेपछि अनुसन्धान साँघुरिएको बारा प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार प्रहरीको विशेष मेहनतका कारण एक सातामै हत्याका दोषी लगभग पहिचान गरिएको हो । 

    व्यक्तिगत रिसिइबी तथा आर्थिक लाभका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएकाे छ । अझ पनि सोधपुछ तथा बयान लिने काम भइरहेको र सकिएपछि हत्याका वास्तविक कारण खुल्ने जनाइएकाे छ । सकभर चाँडै सबै सबुत प्रमाण तथा कनेक्सनसहितको विवरण सार्वजनिक गर्ने तयारी प्रहरीकाे छ ।

    राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर श्रीकान्त तिवारीसहित तीन जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनासँग जिल्ला प्रहरी कार्यालय बारामा राखेर सूक्ष्म अनुसन्धान चलिरहेको छ । 

    प्रहरीको हत्यामा संलग्न अन्य दुई जना पनि बारा जिल्लाको इनर्वा सिराको रहेको प्रहरीले जानकारी दिएको छ । यद्यपि, बाँकी दुई जनाको नाममा भने अनुसन्धान जारी नै रहेकोले प्रहरी अझै गोप्य राखेको छ । 

    गत शनिबार बारामा प्रहरीका भान्से रुम्बालाई गोली हानी हत्या गरिएको थियो । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–११ स्थितको सडकखण्डमा उनको शव कारमा बेवारिसे अवस्थामा फेला परेको थियो । 

    बागमती प्रदेशको ०१–०२८–च– ७६१६ नम्बरको गाडी लिएर कलैया जानका लागि उनी निस्किएका थिए, तर त्यसको भोलिपल्ट मृत भेटिएका थिए । 

    इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भएका रुम्बा हाल सिमरा एयरपोर्टमा कार्यरत थिए । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij