जुवातास खेलिरहेको अवस्थामा टोखाबाट ९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट ९ जना पक्राउ

शनिवार, पौष १३ २०८१
शनिवार, पौष १३ २०८१
  • जुवातास खेलिरहेको अवस्थामा टोखाबाट ९ जना पक्राउ

    काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा टोखाबाट ९ जनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका-३ ढलमलस्थित धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका ४० वर्षीय होम नारायण श्रेष्ठको बिएण्डबी खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहितत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij