स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

    काठमाडौं । गुल्मीमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा चन्द्रकोट–६ झापक बस्ने ३० वर्षीय विनोद विक र ४० वर्षीय किरण कुमार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–७ सिस्नेखोला स्थित मजुवा–रिडी सडक खण्डमा लु १७ प १६४४ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।

    सडक छेउमा पल्टिरहेको स्कुटरबाट बाटोदेखि अन्दाजी २५० मिटर तल सिस्ने खोलाको पानीमा २ जना पुरुष व्यक्ति तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    पानीमा तैरिरहेकालाई प्रहरीले उद्दार गरी उपचारका लागि प्रथामिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनी गुल्मीमा पठाएका थिए । उनीहरुलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । 

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij