काठमाडौं । सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरुसँग आग्रह गरेका छन् । बिहीबार सिंहदरबारमा संसदीय मैत्री समूहका संयोजकहरूसँगको छलफलका क्रममा उनले संसदीय मैत्री समूहका संयोजकहरूसँग यस्तो आग्रह गरेका हुन् ।
उनले नेपालको संसदले विभिन्न ४१ देशका संसदसँग सम्बन्ध बिस्तारका लागि संसदीय मैत्री समूह बनाइ संयोजकसमेत तोकिसकेको र बाँकी ३ वटा संसदीय मैत्री समूहको संयोजक छिटै तोक्ने जानकारी दिए ।
नेपाल–अमेरिका संसदीय मैत्री समूहको संयोजकमा कांग्रेस सांसद डा प्रकाशशरण महत रहेका छन् । त्यस्तै अष्ट्रेलियाको संयोजकमा गगन कुमार थापा, फ्रान्सको संयोजकमा विश्व प्रकाश शर्मा, बेलायतको संयोजकमा विराज भक्त श्रेष्ठ, रुसको संयोजकमा रघुजी पन्त, चीनको संयोजकमा नारायणकाजी श्रेष्ठ रहेका छन् ।
नेपाल र संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ
नेपाल र साउदीअरब संसदीय मैत्री समूहको संयोजकमा उदय शमशेर राणा
नेपाल-आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की
नेपाल-अजरबैजान संसदीय दलको समूहको नेतृत्व डा. अञ्जान शाक्य
नेपाल-कतार संसदीय मैत्री समूहको संयोजकमा लिलानाथ श्रेष्ठ
नेपाल-नर्वे संसदीय मैत्री समूहको सयोजकमा डा चन्दा कार्की
नेपाल-भूटान संसदीय समूह सुशीला सिर्पाली ठकुरी
नेपाल-संयुक्त राज्य अमेरिका संसदीइ मैत्री समूहको संयोजकमा डा. प्रकाशशरण महत
नेपाल-अस्ट्रेलिया संसदीय मैत्री समूहको संयोजकमा गगनकुमार थापा
नेपाल-बेलायत संसदीय मैत्री समूहको संयोजकमा विराजभक्त श्रेष्ठ
नेपाल-जापान संसदीय मैत्री समूहको संयोजकमा डा. नारायण खड्का
नेपाल-चीन संसदीय मैत्री समूहको संयोजकमा नारायणकाजी श्रेष्ठ
नेपाल-जर्मनी ससदीय मैत्री समूहमा कृष्णगोपाल श्रेष्ठ
नेपाल-इण्डोनेसियन संसदीय मैत्री समूह रामप्रकाश चौधरी