बसबरियाका वडाध्यक्ष नन्दलाल महतोको निधन

बसबरियाका वडाध्यक्ष नन्दलाल महतोको निधन

बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • बसबरियाका वडाध्यक्ष नन्दलाल महतोको निधन

    मलङ्गवा(सर्लाही) । सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ । 

    क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधवार राति  भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो । 

    बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij