ऊर्जा मन्त्रालयका सहसचिव भेटुवाल सचिवमा बढुवा

ऊर्जा मन्त्रालयका सहसचिव भेटुवाल सचिवमा बढुवा

बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • ऊर्जा मन्त्रालयका सहसचिव भेटुवाल सचिवमा बढुवा

    काठमाडौं । ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटुवाल सचिवमा बढुवा भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भेटुवाललाई बढुवा गर्ने निर्णय गरेको हो । प्राविधिकतर्फ रिक्त रहेको सचिव पदका लागि तीन जना सहसचिव सिफारिसमा परेका थिए ।

    दिनानाथ शर्मा, चिरञ्जीवी चटौत र मधु भेटुवाल प्रतिस्पर्धामा थिए । पहिलो नम्बरमा रहेका शर्मालाई दोस्रो नम्बरमा रहेका भेटुवालले जितेर सचिव भएका छन् । चटौत सिफारिसको तीन नम्बरमा थिए ।

    जल तथा ऊर्जा आयोगका सचिव रामप्रसाद घिमिरे रिटार्यड भएपछि प्राविधिक सचिव पद रिक्त बनेको थियो ।

    भेटुवाल १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । उनी ऊर्जा क्षेत्रमा झण्डै ३ दशकको अनुभव छ ।  

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij