अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिपर नियन्त्रणमा

अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिपर नियन्त्रणमा

बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिपर नियन्त्रणमा

    काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–१ स्थित गागन खोलाबाट गैरकानूनी ढङ्गबाट गिट्टी, बालुवा उत्खननमा प्रयोग गरिएका एक डोजर (जेसीबी) र एक टिपर वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

    मङ्गलबार चोहर्वास्थित सवडिभिजन वन कार्यालयको गस्ती टोलीले प्रदेश ३–०१–००३ क ६९२७ नम्बरको डोजर र प्रदेश २–०३–००१ क १९४८ नम्बरको टिपर नियन्त्रणमा लिएको वन कार्यालयका प्रमुख आविद हुसेनले जानकारी दिए ।

    डिभिजन वन कार्यालय, लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार विशेष सूचनाका आधारमा टोली खोलामा खटिएको थियो । उक्त टोलीले मात्रै उक्त गाडी नियन्त्रणमा लिन असम्भव भएपछि चोहर्वाबाट थप टोली बोलाइएको थियो । उत्खननमा संलग्न व्यक्तिहरू भने भाग्न सफल भएको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij