कैलालीमा सुन-चाँदीका गहनासहित दुई जना पक्राउ

कैलालीमा सुन-चाँदीका गहनासहित दुई जना पक्राउ

बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • कैलालीमा सुन-चाँदीका गहनासहित दुई जना पक्राउ

    काठमाडौं । कैलालीमा सुन-चाँदीका गहनासहित दुई जना पक्राउ परेका छन् । बुधबार मध्याह्न साढे १२ बजे टीकापुर नगरपालिका-१ गणेशपुर शिविरस्थित एक घरबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

    पक्राउ पर्नेमा बाजुरा बुढीगंगा नगरपालिका-१० बस्ने २५ वर्षीय सुजन शाही र कैलाली लम्कीचुहा नगरपालिका-४ बस्ने ३४ वर्षीया रम्भा जैशी छन् ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुर, जिल्ला प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय टिकापुरबाट संयुक्त टोली खटिएको थियो ।

    उक्त टोलीले ५० ग्राम चाँदीको सिक्का, हिरा र सुनका औंठी, सिक्री, झुम्का, बिछिया, माला, टप, झुम्का, लगायत गरगहना फेला पारेको हो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij