करिब १ सय ७ किलो गाँजासहित दुई जना पक्राउ

करिब १ सय ७ किलो गाँजासहित दुई जना पक्राउ

बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • करिब १ सय ७ किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । हरिनगर गाउँपालिका-७ यादव टोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७ किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवानगन्ज गाउँपालिका-२ बस्ने २० वर्षीय आलम अन्सारी र ४४ वर्षीय मन्जुल मिया रहेका छन् । 

    इलाका प्रहरी कार्यालय देवानगन्ज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको संयुक्त टोलीले देवानगन्जबाट घुस्किहाटतर्फ जाँदै गरेको को.१ ह २२६१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा ४ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी अटो चालक आलम र सहचालक मन्जुललाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij