झोलुङ्गे पुलबाट हाम्फालेर एक युवाद्वारा आत्महत्या

झोलुङ्गे पुलबाट हाम्फालेर एक युवाद्वारा आत्महत्या

बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • झोलुङ्गे पुलबाट हाम्फालेर एक युवाद्वारा आत्महत्या

    काठमाडौं । रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ स्थित मठबाट सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेर एक युवाको मृत्यु भएको छ । 

    बुधबार दिउँसो पुलबाट हाम्फालेका रुकुम पूर्वको सिस्ने गाउँपालिका –७ नाथिगार घर भई हाल मुसिकोट खलङ्गा बस्ने २७ वर्षीय लक्ष्मण नेपालीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमे जनाएकाे छ ।

    पुलबाट हाम्फालेका नेपालीको शव पुलमुनि फेला परेको र मुचुल्का बनाउने काम भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल मुचुल्कापश्चात् मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाइने बताइएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij