दिल्लीमा उपचारपछि घर फर्किए धनगढीका मेयर हमाल, स्वास्थ्यमा क्रमिक सुधार

दिल्लीमा उपचारपछि घर फर्किए धनगढीका मेयर हमाल, स्वास्थ्यमा क्रमिक सुधार

बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • दिल्लीमा उपचारपछि घर फर्किए धनगढीका मेयर हमाल, स्वास्थ्यमा क्रमिक सुधार

    काठमाडौं । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको छ । मंसिर २१ गते उनलाई मस्तिष्कको पक्षघात भएपछि उपचारका लागि भारतको दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटल लगिएको थियो । 

    उपचारपछि क्रमशः स्वास्थ्यमा सुधार भएपछि तीन दिनअघि उनी धनगढी फर्किएका छन् । हाल आफ्नै घरमा चिकित्सकको निगरानीमा रहेका नगरप्रमुख हमाल सामान्य बोलचाल र आँगनमा हिँडडुल गर्न थालेका छन् । केही दिन आराम गर्नुपर्ने अवस्था रहेको र चाँडै सन्चो भएर काममा फर्किने उनले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij