कजाकिस्तानमा ६७ यात्रु सवार जहाज दुर्घटना, २५ जनाको जीवितै उद्धार

कजाकिस्तानमा ६७ यात्रु सवार जहाज दुर्घटना, २५ जनाको जीवितै उद्धार

बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • कजाकिस्तानमा ६७ यात्रु सवार जहाज दुर्घटना, २५ जनाको जीवितै उद्धार

    काठमाडौं । कजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ ।

    कजाकिस्तानको आपतकालीन मन्त्रालयका अनुसार विमानमा सवार २५ जना यात्रुहरूको जीवितै उद्धार गरिएको र जसमध्ये २२ जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

    जहाज अवतरण गर्ने क्रममा विमानमा आगो लागेको बताइएको छ । दुर्घटनामा परेको एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य थिए ।

    समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै लेखेको छ, ‘यो विमान अजरबैजान एयरलाइन्सको हो । जुन बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।’

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij