हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्थानीयको विरोधपछि आंशिक रूपमा सञ्चालनमा ल्याउने निर्णय भएको छ ।
यसअघि सडक स्तरोन्नतिको कारण काठमाडौँको सडक डिभिजन कार्यालयले पुस ७गतेदेखि माघ ६ गतेसम्म २४ सै घण्टा बन्द गर्ने निर्णय गरेको थियो । तर स्थानीयवासीको विरोधपछि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सडक बन्द गरिने र त्यस बाहेकका समय बिहान र बेलुका सञ्चालन गरिने सहमति भएको छ ।
सडक डिभिजन कार्यालयका अनुसार पानी घाटदेखि चन्द्रागिरि भञ्ज्याङसम्मको खण्डमा स्तरोन्नतिको काम भइरहेकाले दिनको समयमा सवारी आवागमनमा रोक लगाइएको हो । वैकल्पिक मार्गको प्रयोग गर्न भनेको भएपनियात्रु र चित्लाङ क्षेत्रमा उत्पादनहुने कृषिउपजको बजारीकरणमा समस्या भएपछि स्थानीयले विरोध गरेका थिए ।
थाहा नगरपालिका वडा नम्बर ९ काकार्यवाहक वडा अध्यक्ष रामकृष्ण कपालीले स्थानीयको गुनासो समाधान गर्न सडक डिभिजन कार्यालयसँग सहकार्य गरी बिहान र बेलुका सडक सञ्चालन गराउने सहमति जुटाएको जानकारी दिए ।
उनकाअनुसार अब बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्दहुने र त्यसबाहेक अन्य समयमा सवारीसाधन सञ्चालनमाकुनै अवरोध नहुनेछ । उक्त निर्णयले यात्रु र स्थानीय कृषकलाई राहतमिलेको छ ।-नेपाल न्युज बैंक