काठमाडौं । सूर्यदर्शन सहकारी ठगी काण्डमा पूर्वउपाध्यक्ष मीना गुरुङ पक्राउ परेकी छन् । उनलाई मंगलबार कास्की प्रहरीले घरबाटै पक्राउ गरेको हो ।
कास्की प्रहरीले गरेको अनुसन्धानपछि गएको शुक्रबार र आइतबार गरी जिल्ला अदालत कास्कीमा पेश गरिएीको अभियोजनपत्रमा मीनालाई पनि फरारको सूचीमा राखेर अभियोजन दर्ता गरिएको थियो ।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अदालत खुल्नासाथ अदालत पेश गरिने कास्की प्रहरीले जनाएकाे छ ।
सूर्यदर्शन सहकारी ठगीमा संस्था र व्यक्ति गरेर ६३ जनाविरुद्ध अभियोजन दर्ता भएको छ । मीना पूर्वप्रदेशसभा सांसद पनि हुन् । अघिल्लो गण्डकी प्रदेशसभामा मीना एमालेको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् ।