काठमाडौं–हेटौंडा जोड्ने छोटो बाटो बिहान–बेलुका मात्रै खुल्ने

काठमाडौं–हेटौंडा जोड्ने छोटो बाटो बिहान–बेलुका मात्रै खुल्ने

मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं–हेटौंडा जोड्ने छोटो बाटो बिहान–बेलुका मात्रै खुल्ने

    काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले एक महिनाका लागि पूर्णरुपमा बन्द गरेको मकवानपुर र काठमाडौं जोड्ने छोटो दूरीको मार्ग थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) बिहान र बेलुकाका लागि मात्रै खुला गरिएको छ ।

    सडक डिभिजन कार्यालय काठमाडौंले स्थानीय बासिन्दाको समस्याप्रति बेवास्ता गर्दै विकल्प बिना सडक बन्द गरिएको भन्दै नागरिक स्तरबाट विरोध गरिएको थियो ।

    स्थानीय बासिन्दा र जनप्रतिनिधिको विरोधपछि बिहान र बेलुका मात्रै साधन आवागमन गर्न दिने गरी सहमति भएको हो ।

    थानकोट–चित्लाङ सडक स्तरोन्नतिका क्रममा बिहान ८ देखि दिउँसो ४ बजेसम्म बन्द हुने र सो बाहेकको समय सवारीका साधन सञ्चालन गर्न सकिने वडा कार्यालयले जनाएको छ ।

    सडक डिभिजन कार्यालय काठमाडौंले यसअघि थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रागिरि भञ्ज्याङ खण्ड पुस ७ गते आइतबारदेखि आगामी माघ ६ गतेसम्म पूर्ण रुपमा आवागमन बन्द हुने जनाएको थियो ।

    यस्तै कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक पनि यही पुस ११ गतेसम्म बन्द गरिएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij