नेपाल रेडक्रस सोसाइटीले पत्रकारलाई दियो ‘मानवीय रिपोर्टिङ’ को ३ दिने तालिम

नेपाल रेडक्रस सोसाइटीले पत्रकारलाई दियो ‘मानवीय रिपोर्टिङ’ को ३ दिने तालिम

मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • नेपाल रेडक्रस सोसाइटीले पत्रकारलाई दियो ‘मानवीय रिपोर्टिङ’ को ३ दिने तालिम

    धुलिखेल । नेपाल रेडक्रस सोसाइटीले पत्रकारहरुलाई ‘मानवीय रिपोर्टिङ’ को तालिम दिएको छ । सोसाइटीले मानवीय सेवाकार्यसँग सम्बन्धित रहेर खोज, अनुसन्धान पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि तीन दिने मानवीय रिपोर्टिङसम्बन्धी तालिम दिएको हो । 

    पुस ७ गतेदेखि सञ्चालन भएको तालिममा ‘ह्युम्यानिटेरियन च्याम्पियन जर्नालिष्ट ग्रुप’ गठन गर्ने योजनासहित गत कात्तिक महिनामा सञ्चालित एक दिने अन्तत्र्रिmया एवम् छलफल कार्यक्रममा सहभागी र अन्य पत्रकारहरु गरी २३ जनाको सहभागिता रहेको थियो । 

    तालिमको शुभारम्भमा बोल्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले रेडक्रसद्वारा सञ्चालित मानवीय सेवाका गतिविधिहरूको प्रचारप्रसारमा पु¥याइएको सहयोग र योगदानको प्रशंसा गर्दै यस तालिमबाट सहभागीहरूलाई मानवीय गतिविधिहरूको रिपोर्टिङका क्रममा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।  

    1=1.JPG

    राष्ट्रिय दैनिक पत्रिका, अनलाइन पत्रिका, टेलिभिजन, एफएम रेडियोका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त तालिममा बाह्य प्रशिक्षकका रुपमा पत्रकारहरू जगत नेपाल, लक्ष्मण दत्त पन्त, आइएचएल विज्ञ कृष्ण चालिसे र नेपाल रेडक्रस सोसाइटीका विविध पक्षहरुका बारेमा आन्तरिक प्रशिक्षकका रुपमा नेपाल रेडक्रस सोसाइटीको मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक विपुल न्यौपाने, उप निर्देशक शिवराम गौतमले सहजीकरण गरेका थिए । रेडक्रस अभियान, नेपाल रेडक्रस सोसाइटी इतिहास, सांगठनिक संरचना र गतिविधिहरू, अन्तर्राष्ट्रिय मानवीय कानुन, मानवीय मूल्य प्रवद्र्धन, मानवीय कूटनीति, विपद्का समयमा गरिने मानवीय रिपोर्टिङ, आम सञ्चार, जोखिम सञ्चार र आचार सहिंतालगायतका विषयहरूमा सहजीकरण गरिएको थियो । 

    तालिमका क्रममा सहभागीहरुबाट आएको जिज्ञासालाई सम्बोधन गर्दै निर्देशक बिपुल न्यौपानेले रेडक्रसका मानवीय गतिविधिहरुलाई बुझाउने, प्रचारप्रसार गर्ने र यसका कार्यहरुलाई सरकार लगायतका अन्य निकायहरुलाई सहमत गराई गतिविधिहरुको पहुँच बढाउने कार्यमा मानवीय कूटनीतिबाट सहयोग पुग्ने बताए । 

    IMG_0397.JPG

    तालिमको समापनमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । तालिममा नेपाल रेडक्रस सोसाइटी मानवीय मूल्य तथा सञ्चार विभागका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij