राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भए रवि लामिछाने

राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भए रवि लामिछाने

मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भए रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट समेत हटेका छन् ।

    सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएपछि संघीय संसद सचिवालयले सोमबार लामिछानेलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको थियो ।

    लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेसँगै राज्य व्यवस्था समितिको सदस्य समेत नरहेको राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले बताएका हुन् ।

    लामिछाने राज्य व्यवस्था समितिमा सदस्य थिए । मंगलबारको बैठकमा सभापति खतिवडाले सांसद पदबाट निलम्बित भएसँगै राज्य व्यवस्था समितिबाट समेत निलम्बित भएको बताएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij