काठमाडौं । गत शनिबार बारामा कारभित्र मृत अवस्थामा भेटिएका प्रहरी कर्मचारी राजकुमार रुम्बाको गोली हानी हत्या गरिएको खुलेको छ ।
रुम्बाको टाउकोमा एक राउन्ड गोली हानिएको शवको पोष्टमार्टम रिर्पोटपछि पुष्टी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
प्रहरीका अनुसार रुम्बाको कसैले गोली प्रहार गरी हत्या नै गरेको हो । हत्या भएको खुलेपछि हत्यारा पक्राउ गर्नको लागि व्यापक मात्रामा प्रहरी परिचालन गरी हत्याराको खोजी र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
गत शनिबार बिहान जितपुर सिमरा उप-महानगरपालिका- ११ स्थित सडक छेउमा रुम्बाको शब बागमती प्रदेश ०१-०२८-च ७६१६ नम्बरको कारभित्र भेटिएको थियो ।
मृतक रुम्बा सिमरा एयरपोर्टमा नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा कार्यरत रहेका थिए ।