भक्तपुरमा बाबु र भाइको हत्या स्वीकार गर्दै जेठा छोराले गरे प्रहरीमा आत्मसमर्पण

भक्तपुरमा बाबु र भाइको हत्या स्वीकार गर्दै जेठा छोराले गरे प्रहरीमा आत्मसमर्पण

मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • भक्तपुरमा बाबु र भाइको हत्या स्वीकार गर्दै जेठा छोराले गरे प्रहरीमा आत्मसमर्पण

    काठमाडौं । भक्तपुरमा हिजो राति मृत भेटिएका बाबु र भाइको हत्या आफूले गरेको भन्दै जेठा छोरा मिलन आचार्यले आत्मसमर्पण गरेका छन् ।

    जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र कान्छा छोरा प्रवीण हिजो बालकोटमा भाडाको कोठामै मृत भेटिएका थिए । उनीहरूको हत्या आफूले नै गरेको भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले आज महाराजगञ्ज प्रहरी वृत्तमा आत्मसमर्पण गरेका प्रहरीले जनाएको छ ।

    हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट ६ दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरकाे बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए ।

    हिजो बिहानै बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबु–छोरा हत्या गरिएको अवस्थामा मृत फेला परेका थिए । सँगै सुतेका जेठा छोरा मिलन भने हिजो राति नै फरार भएकाले उनैले हत्या गरेको प्रहरीले शङ्का गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij